काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ देखि लाभांश वितरण गरेको छैन । उक्त वर्ष भने कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।