साताको शेयर बजार :१६ अर्बले कारोबार रकम र ८७ अर्बले बजार पुँजीकरण रकममा गिरावट

Garima_Business-Loan3

काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता कारोबार रकम, बजार पुँजीकरण र नेप्से परिसुचक लगायत अधिकांश सुचकहरु घट्यो ।

गत साताको तुलनामा यो साता कारोबार रकम १६ अर्ब ६९ करोड ९० लाख रुपैयाँले कमी आयो । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम २८ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ हुदाँ गत साता उक्त रकम ४५ अर्ब ३९ करोड ७१ लाख रुपैययाँ रहेको थियो ।

समीक्षा अवधिमा बजार पुँजीकरण रकम ८७ अर्ब ३२ करोड रुपैयाँले घटेको छ । यो साता ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ बजार पुँजीकरण रकम हुदाँ गत सातामा ४५ खर्ब ३६ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कारोबार शेयर कित्तामा ३ करोड ३६ लाख २६ हजारले कमी आएको छ । यो साता ६ करोड १४ लाख ४१ हजार शेयर कित्ता कारोबार भएकोमा गत साता ९ करोड ५० लाख ६८ हजार रहेको थियो ।

यो साता समग्र धितोपत्र दोस्रो बजार कारोबार मापक , नेप्से परिसूचक २६८२.२९ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै गत साताको तुलनामा यो साता नेप्सेमा ५२.६४ अंकले गिरावट आएको छ । गत साता नेप्से २७३४.९३ विन्दुमा पुगेर बन्द भएको थियो । गत साताको तुलनामा यो साता सेन्सेटिभ इन्डेक्स ५.७९ अंकले गिरावट आएको छ । यो साता ४५८.२२ विन्दुमा पुगेर बन्द भएको सेन्सेटिभ इन्डेक्स गत साता ४६४.०१ विन्दुमा पुगेर बन्द भएको थियो ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा १ वटा समुह सुचक बढ्दा बाँकी ९१२ वटा समूह सुचक घटेको छ । अघिल्लो साताको तुलनामा यो साता उत्पादन र प्रशोधन १३८ अंकले बढ्दा बैकिङ १२, विकास बैंक १२७, वित्त १०८, होटल र पर्यटन २२७ अंकले घटेको हो ।

त्यस्तै समिक्षा अवधिमा जलविद्युत ६९, लगानी २, जीबन बीमा ८१९, लघुवित्त ११३, म्युअुचल फण्ड ०.१२, निर्जीवन बीमा २७१, व्यापार १४४ र अन्य समूह २३ अंकले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार