काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला २ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।