ज्याक्सको आक्रामक शतकमा बेंगलुरुको लगातार दोस्रो जित

Garima_Business-Loan3

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित दर्ता गरेको छ। विल ज्याक्सको आक्रामक शतकसँगै प्रतियोगितामा बेंगलुरुले तेस्रो जित निकालेको हो।

बेंगलुरुले आइतबारको खेलमा गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो। जितसँगै पुछारमा रहेको बेंगलुरुले १० खेलबाट ६ अंक जोडेको छ। पराजित गुजरात समान खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा छ।

गुरातले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १६ ओभरमा १ विकेट गुमाउँदै २०६ रन बनायो।

बेंगलुरुका ज्याक्सले अविजित रहँदै ४१ बलमा ५ चौका र १० छक्कासहित १०० रन बनाए। ओपनर तथा कप्तान फाफ डुप्लेसी २४ रनमा आउट हुँदा विराट कोहली ७० रनमा अविजित रहे।

कोहली र ज्याक्सले ७४ बलमा १६६ रनको विशाल साझेदारी गरेका थिए। गुजरातका साई किशोरले १ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

गुजरातका साई सुदर्शनले अविजित ८४ रन बनाए। ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे।

शाहरुख खान ५८ र कप्तान शुभमन गिल १६ रनमा आउट हुँदा डेभिड मिलर २६ रनमा अविजित रहे। बेंगलुरुका स्वप्रिल सिंह, मोहम्मद सिराज र ग्लेन मक्सवेलले १र१ विकेट लिए।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार