CLI
Global College

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले  बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।  प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।
उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले  बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाई सजाय तथा जरिवाना तोकेको थियो।
प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले जानकारी दिए।

Leave Your Comment

Related News