काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाइ लाभांश घोषणा गरेको छ। पुस २ मा बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३ दशलमव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कुल लाभांशमध्ये ३ दशलमव ६५ प्रतिशतका दरले बोनश शेयर र ० दशलमव १९ प्रतिशत नगद (बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो । बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।