CLI

हिमालयन बैंकले ३२ औँ वार्षिक साधारण सभा हुँदै, एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन बैंकले ३२ औँ वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बोलाएको छ ।

सभाले अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न शेयर प्रिमियमसहित ९२ लाख ५० हजार ४६९ कित्ता शेयर एफपीओ जारी गरिने बैंकले जनाएको छ।

एफपीओ जारीपछि सर्वसाधारण शेयर स्वामित्व बढ्ने र संस्थापकको घट्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। एफपीओ जारी गर्न नेपाल राष्ट्र बैंकमा निवेदन पेस भइसकेकोले त्यहाँबाट सहमति प्राप्त भएसँगै नेपाल धितोपत्र बोर्डलगायतका निकायबाट स्वीकृति भएपछि एफपीओ जारी गरिने बैंकले जनाएको छ।

सभाले बैंकको सञ्चालक समितिमा जेसमिन हाडा बज्राचार्यलाई स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्ति स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

Leave Your Comment

Related News