बझाङ उपनिर्वाचनमा  एमालेका भण्डारी ११ हजार मत सहित अगाडि

चैनपुर ,(बझाङ) ।  बझाङ –१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् ।
जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका–९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो ।
पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार २ सय ९५ र नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ९ सय ४९ मत प्राप्त गरेका छन् ।
साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७ सय ९५ , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय  १२  मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार