नेको इन्स्यारेनसले हकप्रद शेयर जारी गर्ने अनुमति पायो

Garima_Business-Loan3

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज पुस ९ गते अनुमति दिएको हो । सेबोनले नेको इन्स्यारेन्सलाई १:०.२५ अनुपादमा हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो । अब कम्पनीले आफ्ना शेयरधनीलाई १०० कित्ता बराबर २५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ । नेको इन्स्योरेन्सको हालको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार