आइएमई र भारतीय मुथुत फाइनान्स विच भारत–नेपाल रेमिटेन्स सेवाको सुरुवात

इक्विटी नेपाल – काठमाडौँ :

खुला सिमा, भिजाको आवस्यकता नपर्ने, नेपाल भन्दा धेरै ठुलो अर्थतन्त्रको कारणले गर्दा कामको सिलसिलामा धेरै नेपाली भारतमा रहेका छन् । करिव ५० लाख नेपाली भारतमा रहेको पाईन्छ । यही कुरालाई मध्यनजर गर्दै नेपालको रेमिटेन्स उद्द्योगमा निकै राम्रो छाप छोडेको आइएमई र भारतीय मुथुत फाइनान्स विच भारतकको कोचीमा भारत–नेपाल रेमिटेन्स सेवाको सम्झौता सम्पन्न भएको छ ।

भारत स्थित मुथुत फाइनान्सका करिव ४६०० शाखाबाट भारतमा भएका नेपालीले नेपालमा पैसा पठाउन सक्ने छन । नेपालमा ग्लोबल बैंकका शाखा आईएमीका ७ हजार १ सय भन्दा बढी एजेन्ट आउटलेटबाट रकम प्राप्त हुने छ ।

यसरी पैसा पठाउदा २०० रुपैया शुल्क लाग्ने भएपनि पैसा पठाउने व्यक्तिको बैंक खाता नभएको अवस्थामापनि पैसा पठाउन मिल्नेछ ।

मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर.बिजिमोन र नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

मुथुत फाइनान्सले आईएमई बाहेक प्रभुमनि ट्रान्सफर सित सन् २०१५ मै रेमिटेन्स सम्झौता गरेको थियो । मुथुत फाइनान्सले प्रभु बैंकसंग सम्झौता भएपश्चात आर्थिक वर्ष २०१६ मा करिव ४६९ करोड भारतीय रुपैया बराबरको कारोवार गरेको थियो ।

गत वर्ष करिव ७००० करोड भारु रुपैया भारतबाट नेपाल रेमिटेन्स शिर्षकमा आएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार