CLI

बीमितको आर्थिक भार नबढाउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको आर्थिक भार नबढाउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

बोर्डले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। नियमविपरीत कार्य गर्ने स्वास्थ्य संस्थासँगको सम्झौता खारेज गर्ने पनि बोर्डले चेतावनी दिएको छ।

पछिल्लो समयमा केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितबाट अनावश्यक नगद लिने, प्याकेज दाबी गर्दा प्याकेजभित्र पर्ने औषधि तथा औषधिजन्य सामग्री नगदमा किनाउन लगाउनेजस्ता स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा अन्य लागू निर्देशिका र पत्राचारको विपरीत कार्य गरिरहेको गुनासाहरु प्राप्त भएको बोर्डले जनाएको छ। ती गुनासा समाधानका लागि छानबिनका साथै स्थलगत अनुगमन पनि गरिरहेको बोर्ड स्पष्ट पारेको छ। ऐन, नियमावली, निर्देशिका र पत्राचारको पूर्ण पालना गरी बीमितको आर्थिक भार नबढाउने कार्य गर्न बोर्डले निर्देशन दिएको छ।

अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाले नियमविपरीत कार्य गरेको प्रमाणित भएमा बीमा बोर्डसँगको सम्झौता खारेज हुने पनि चेतावनी दिइएको छ। ‘यसका साथै दाबीहरु जाँच गर्ने क्रममा बोर्डको नयाँ सुविधा थैलीमा तोकिएको औषधिको क्यापिङ गरेको क्वान्टिटीभन्दा बढी क्वान्टिटी दाबी गरिरहेको, ती दाबीहरु सुविधा थैलीका आधारमा स्वतः आईएमआईएसमार्फत नै अस्वीकृत हुने र नयाँ सुविधा थैलीका आधारमा मात्रै दाबी पेस गर्न बोर्डले निर्देशन दिएको छ।

Leave Your Comment

Related News