कामना सेवा विकास बैकका ग्राहकले  र  ओम मुक्तिनाथ पोलिक्लिनिकमा छुट पाउने  

काठमाडौं । कामना सेवा विकास बैंक र  बुटवल, रुपन्देहीमा रहेको ओम मुक्तिनाथ पोलिक्लिनिक बीचमा सेवा शुल्क छुट दिने सम्झौता भएको छ ।

यो सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबमा सेबा लिदाँ लाग्ने शुल्कमा  ५० प्रतिशत सम्म छुट प्राप्त पाउने छन्  ।

ओम मुक्तिनाथ पोलिक्लिनिक मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा लिन सक्नेछन्  ।

यो सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो सेवा प्रदान गरि रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार