सिटिजन लाइफ इन्स्योरेन्सद्वारा देशब्यापी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले २०८१ पौष २० गते बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी बर्दिबास साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एंव त्यहाँको सम्पुर्ण कर्मचारिहरु  र केहि विभागिय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरेको हो  ।

कार्यक्रममा   कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल ले प्रस्तुती  गरेका थिए  उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।

कम्पनीले गत बर्ष जसरी यो बर्ष  पनि देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी  यस तालिमको आयोजनागरेको हो । कम्पनीले यो  भन्दा पहिले मङ्सिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरुका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौंमा यस तालिम गरेको थियो । बर्दिबासमा सम्पन्न अन्तिम तालिम पश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपाल भरि सम्पन्न गरेको जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार