CLI

कर्णाली कर्णाली डेभलपमेन्ट बैंकको डीडीए हुने

काठमाडौं । कर्णाली कर्णाली डेभलपमेन्ट बैंकको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) हुने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट कम्पनीलाई दरभाउ पेस गर्न आह्वान गरेको हो।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले गत पुस ११ गते कर्णाली कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएको थियो। उक्त निर्णय पछि, बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने प्रक्रिया सुरु गरिएको हो।

सम्पति र दायित्व मूल्यांकनका लागि व्यवस्थापन समूहले माघ १० गतेभित्र नेपालगञ्जस्थित बैंकको केन्द्रीय कार्यालयमा दरभाउ पेश गर्न चार्टर्ड एकाउन्टेन्ट कम्पनीलाई सूचना मार्फत जानकारी गराइएको छ। यस कदमले बैंकको भविष्य र वित्तीय स्थिति पुन: सुदृढ बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News