CLI

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि आवेदन माग, के चाहिन्छ ? योग्यता

काठमाडौं । नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष सिफारिस समितिले  खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष आवेदन माग गरेको छ ।  सिफारिस समितिले तोकिएको योग्यता  भएका इच्छुक नेपाली नागरिकलाई आजको मितिले १५ दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौमा गोप्य खामवन्दी आवेदन दिन आग्रह गरेको छ  ।

सिफारिस समितिले तोके अनुसार  बिमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिनका लागि बिमा, मौद्रिक, बैकिंङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । उच्च नैतिक चरित्र भएको, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । आवेदनसाथ व्यावसायिक कार्ययोजना ४ प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ ।

सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र बिज्ञ सदस्य ज्योतिचन्द्र ओझा रहेका छन् ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि दोहोरो  नागरिकता  सम्वन्धी मुद्दा लागेपछि सो पद अहिले रिक्त  छ । उनले पुरा कार्यकाल पुरा गरेको भएपनि यहि माघ बाट उनको कार्यकाल सकिदै थियो ।  हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई  अध्यक्षको जिम्मेवारी दिएको छ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

 

Leave Your Comment

Related News