CLI

नेपाल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १८ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिबाट प्रस्तावित कम्पनीको हालको जारी तथा चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने मुख्य अजेन्डा अनुमोदन गर्नेछ।

हकप्रद बिक्रीपश्चात कम्पनीको जारी र चुक्तापुँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्ने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग)मा भएको जारी तथा चुक्तापुँजीसम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्नेछ।विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

Leave Your Comment

Related News