काठमाडौं । नेपालका लागि चांगान कार तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपालमा भित्र्याएको छ । एमएडब्लु वृद्धिले शनिबार दिपल ई०७ ‘शो’ गरेको छ । यो मोटरको सोमबार आधिकारिक रुपमा ‘लन्च’ गरिने कम्पनीले जनाएको छ ।
‘भर्सटाइल’ र ‘स्टाइलिस’ डिजाइन रहेको दिपल ई०७ आधुनिक विशेषताले भरिपूर्ण रहेको कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । जसले अफरोडमा पनि यो इभी ‘कम्फर्ट’ हुने विश्वास गरिएको छ ।
१९० किलोवाटको ‘रियरह्वील ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । एक पटकको फूल चार्जमा यस इभीले ६४० किलोमिटर रेन्ज दिने बताइएको छ । अन्य विशेषता गाडी ‘लन्च’का क्रममा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।
यसको मूल्य १ करोड ४ लाख हाराहारी तय हुने देखिएको छ । यद्यपी, कम्पनीले मूल्यबारे आधिकारिक जानकारी भने दिइसकेको छैन ।