काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडा भित्र करिब ९० मीटर पश्चिममा माघ २७ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् । यस शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए । खुशिवु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।