काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ का लागि हालसम्म ३ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । जीवन बीमातर्फ आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् भने निर्जीवनतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले बुक क्लोज मिति तय गरेको छैन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ११ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीले भने माघ १० गते बुक क्लोज गरिसकेको छ । कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूाजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन् । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।
सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशलमव ५ प्रतिशत बोनश शेयर र ० दशमलव ३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो । साधारणसभाको मिति तय भएको छैन ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ दशलमव ७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने छ ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। आफ्नो २७ औँ वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सो लाभा.श पारित गर्न फागुन १५ गते ३१ औँ वार्षिक साधारण सभा बोलाइसकेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बकुक्लोज गर्ने भएको छ । यस अनुसार फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
शिखर इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन् । सो लाभांश पारित गर्न कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा आउँदो फागुन १३ गते गर्ने भएको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।