सरकारले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्बको ऋणपत्र बिक्रीमा ल्याएको छ । ऋणपत्र बिक्रीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सूचना आह्वान गरेको छ ।

जसअनुसार ऋणपत्र खरिदका लागि फागुन ८ गते बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयको सूचनामा उल्लेख छ । फागुन ९ मा कार्यालयले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र २०९० नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ९ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने कार्यालयको सूचनामा उल्लेख छ । यस ऋणत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत् हु्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार