ललितपुर । ग्लोबल मोटर्सले बालकुमारी मा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन्।
ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ। जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ। त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ। बालकुमारीमा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले जनाए।
“टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने।
जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।