सानिमा रिलायन्स लाइफको नयाँ बोनस दर घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

 

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार १९ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक जीवन बीमा योजना (रेगुलर)
यस योजनामा कम्पनीले ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर तोकेको छ।

सावधिक जीवन बीमा योजना (एकल)
यस बीमा योजनामा कम्पनीले ० वर्षदेखि ९ वर्षसम्मका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर तोकेको छ।

त्रिपल सावधिक बीमा
यस योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मका लागि २० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

दम्पती सावधिक बीमा योजना
यस योजनामा कम्पनीले १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर तोकेको छ।

सावधिक तथा आजीवन
यस योजनामा कम्पनीले ० वर्षदेखि ९ वर्षसम्मका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी योजना
कम्पनीले यस बीमायोजनामा १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर तोकेको छ।

वार्षिक अग्रिम भुक्तानी योजना
यस योजनामा कम्पनीले १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क)
कम्पनीले यस योजनाको नियमित शुल्कतर्फ सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्फ ५४ रुपैयाँ बोनसदर कायम गरेको छ।

१५ वर्षे अग्रिम भुक्तानी योजना
कम्पनीले यस योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

२० वर्षे अग्रिम भुक्तानी योजना
कम्पनीले यस योजनाको सम्पूर्ण अवधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरेको छ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना
कम्पनीले यस योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर तोकेको छ।

सामूहिक सावधिक
कम्पनीले यस योजनाको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन
यस योजनामा कम्पनीले ० वर्षदेखि ९ वर्षसम्मका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक
कम्पनीले यस योजनामा ० वर्षदेखि ९ वर्षसम्मका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सीमित भुक्तानी सावधिक
यस योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।

बाल सावाधिक
यस योजनामा कम्पनीले १० देखि ११३ वर्षको लागि १९ रुपैयाँ, १४ देखि १५ वर्षको लागि २० रुपैयाँ, १६ वर्षको लागि २२ रुपैयाँ, १७ वर्षको लागि २३ रुपैयाँ, १८ वर्षको लागि २५ रुपैयाँ, १९ वर्षको लागि २६ रुपैयाँ, २० वर्षको लागि २७ रुपैयाँ, २१ वर्षका लागि २८ रुपैयाँ, २२ वर्षको लागि ३० रुपैयाँ, २३ वर्षको लागि ३१ रुपैयाँ, २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३४ रुपैयाँ तोकेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार