काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा विस्तार गरेको छ । यससंगै काठमाडौ उपत्यका भित्र यो बैंकको ४० वटा शाखाहरु र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरु भएका छन् ।
हरिसिद्धीमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले ग्राहकहरुलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याँउदै ग्राहकको विश्वास र समर्थन समेटेर हामी यहाँसम्म आइपुगेको र यस नयाँ शाखाबाट हरिसिद्धी वरपरका ग्राहकहरू माझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई शुभकामना समेत व्यक्त गरेका थिए । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तहमा नेतृत्न सहभागी थिए।
बैङ्कले सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैङ्कले जनाएको छ ।
बैङ्कले नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क दिने जानकारी दिएको छ भने डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको बैङ्कले जनाएको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो बर्ष लकर शुुल्कमा ५०५ छुट उपलब्ध रहेको बैङ्कले बताएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।