टेलिटकद्वारा नेपालमा एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं । टेलिटक प्रालिले आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ ।

एचएमडी क्रेस्टमा यो सेगमेन्टकै पहिलो ५० मेगापिक्सेलको सेल्फी क्यामेरा तथा पछाडिपट्टि ५० मेगापिक्सेलकै डुअल एआई क्यामरा राखिएको छ । यसमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले प्रयोग भएको छ ।

यसमा ८०० चार्जिङ साइकल तथा ३३ वाटको फास्ट चार्जिङ सुविधासहितको ५००० एमएएच ब्याट्री समावेश गरिएको छ । एप्लिकेशन, फोटो तथा मिडिया भण्डारणका लागि पर्याप्त स्थान प्रदान गर्न १२८ जीबीको स्टोरेज तथा ६जीबी फिक्स्ड र ६ जीबी भर्चुअल गरी १२ जीबी ¥याम उपलब्ध छ ।

यसैगरी क्रेस्टमा ५१०००० अन्टुटु स्कोरसहितको युनिसोक टी७६० फाइभजी नामको ६एनएममा निर्मित अक्टाकोर प्रोसेसर समावेश छ ।

एचएमडी क्रेस्ट मिडनाइट ब्लू रङमा उपलब्ध छ । यसको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार