अधिकांश मुद्राको भाउ घट्दा कुवेती दिनारको मूल्य भने बढ्यो

काठमाडौं । काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ ।

आज अधिकांश मुद्राहरुको मूल्य घटेको छ । केन्द्रीय बैंकका अनुसार यसदिन अमेरिकी डलरको मूल्य स्थिर छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

यस्तै आज युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत विदेशी मुद्राको मूल्य घटेको छ ।

आइतबार युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेकोमा आज युरो एकको खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा रहेको छ । आइतबार पाउन्ड एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा कायम थियो ।

यस्तै आज अस्ट्रेलियन यडलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

आज कुवेती दिनारको मूल्य भने बढेको छ । आइतबार कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ५० पैसा रहेकोमा आज प्रतिदिनार खरिददर र बिक्रीदर क्रमशः ४४८ रुपैयाँ ७८ पैसा र ४५० रुपैयाँ ७३ पैसा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार