काठमाडौं । सम्पदा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
आइतबारसम्पन्न सञ्चालक समितिको १५ औं बैठकले उक्त निर्णय गरेको जानकारी संस्थाले नेपाल स्टक एक्सचेन्जलाई गराएको हो । बैठकको निर्णयानुसार वित्तीय संस्थाको २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गरिएकोले सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
हाल ७० करोड ८ लाख चुक्ता पुँजी रहेको सम्पदा लघुवित्तले गत आवमा ६ करोड १७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।