कर्जा नोक्सानीमा राष्ट्र बैंक लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।

समीक्षा मार्फत केन्द्रिय बैंकले कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरेको छ । हाल हाल असल कर्जामा १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्था छ ।

समीक्षामा भनिएको छ, ‘असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ ।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार