काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
यसदिन अमेरिकी डलर र बेलायती पाउन्डको मूल्य सामान्य बढेको छ भने युरोपियन युरो, अस्ट्रेलियन डलर लगायतको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा रहेको थियो ।
बिहीबार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा रहेकोमा खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा पुगेको छ ।