CLI

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालि बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%,MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG)  and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave Your Comment

Related News