काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्थामा बैंक तथा वित्तीय संस्था प्रति लचकता अपनाएको छ । यसअघि असल कर्जा नोक्सानी व्यवस्था १.१ प्रतिशत राख्नु पर्नेमा अब ०.१ प्रतिशत घटाएर कुल १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । सोमबार क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई निर्देशन २०८१ संशोधन/परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२५ प्रतिशत, दोस्रो वर्ष ०.५० प्रतिशत , तेश्रो वर्ष ०.७५ प्रतिशत र चौथो वर्षदेखि १.०० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने निर्देशनमा भनिएको छ ।
यस अघि कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२७५ प्रतिशत, दोस्रो वर्ष ०.५५ प्रतिशत , तेश्रो वर्ष ०.८२५ प्रतिशत र चौथो वर्षदेखि १.१० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था थियो ।


