काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी सुरु गरेको छ । अर्थमन्त्रालले आगामी आवको बजेट निर्माण सम्बन्धमा बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८९१० बमोजिम सो मार्गदर्शन जारी गरेको हो ।
अर्थमन्त्रालयले आवधिक योजना, क्षेत्रगत रणनीति तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता एवम् राष्ट्रिय विकासका लक्ष पुरा गर्ने गरी उपलब्ध स्रोतको अधिकतम उपयोग हुने गरी बजेट पेस गर्न मन्त्रालय, आयोग, सचिवालय, कार्यालयहरुसँग अनुरोध गरेको छ ।
मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु चैत १५ गते भित्र मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) मा प्रविष्ट गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
साथै प्राप्त बजेट सीमा भित्र रहेर वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्न भनिएको छ ।