काठमाडौं । अमेरिकाले आठ नेपालीलाई (डिपोर्ट) देश निकाला गरेको छ । अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको हो ।
बुधबार बिहान अमेरिकी चार्टर्ड जहाजमार्फत डिपोर्ट भएका आठ नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ल्याएको हो ।
ती आठ जनालाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुलाई मानव बेचबिखन ब्युरोमा लगिएको छ । प्रहरीका अनुसार अमेरीकामा हुने मानव तस्करी सम्बन्धी सूचनाका लागि उनीहरुलाई सोधपुछ गरिने छ।