काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढेकाे छ। सरकारले नयाँ गभर्नर नियुक्त गर्न तीन सदस्य सिफारिस समिति गठन गरेकाे छ ।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्।
राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट एक जना सदस्य रहने गरी मन्त्रिपरिषद्ले सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ।
हालका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिन महिना दिनभन्दा कम समय रहेकाे अवस्थामा मन्त्रिपरिषद्ले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हाे।
गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिंंदै छ ।

