काठमाडौं । कुमारी बैंकले लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको उक्त शेयर बिक्री गर्न इच्छुक भई बैंक समक्ष निवेदन दिएको र नेपाल राष्ट्र बैंकवाट जारी निर्देशन बमोजिम विक्री गर्न प्रस्ताव गरिएको संस्थापक शेयर बिक्रीमा राखिएको हो ।
कम्पनीको शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीले आवेदन दिन पाउनेछन् । पहिलो प्राथमिकतामा संस्थापक शेयरलाई राखिएकोमा ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं- १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय टंगाल, काठमाडौँमा, आइपुग्ने गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।
म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।