CLI

राजावादी समूहको आन्दोलनमा प्रहरीद्वारा गोली प्रहार, २० जना घाइते

काठमाडौं । राजावादी समूहले चैत १५ गते गरेको आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा २० जना घाइते भएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा सुरक्षाकर्मीको गोली लागि २० जना घाइते भएको जानकारी दिइएको छ। घाइतेहरूमा १८ पुरुष र दुई महिला रहेका छन्।

घटनापछि १३ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

आन्दोलन नियन्त्रण लिन सूरक्षाकर्मीले ग्याससेल ७४६, ब्ल्याङक राउण्ड १९२, लाइभ राउण्ड ५८ र पेस्तो दुई राउण्ड चलाएको प्रहरीले जानकारी दिएको छ ।

Leave Your Comment

Related News