CLI

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११८ कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले आठौँ तहको शाखा अधिकृत १ जना मागेको छ ।

यस्तै छैटौँ तहकोअधिकृत ४८ जना, एमआईएस अधिकृत ३ जना, कानुन अधिकृत १ जना, कम्प्युटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना मागेको छ भने चौथो तहको लेखापाल ५९ जना चाहिएको सूचनामा उल्लेख छ ।

अर्थशास्त्र, कानून, व्यवस्थापन, सूचना प्रविधि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा ४ चार वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

व्यवसाय अधिकृत, तह-६ अधिकृतस्तर, प्रशासन सेवाको पदका लागि:- मान्यता प्राप्त विश्वविद्यालयबाट व्यापार, वाणिज्य, व्यवस्थापन वा मानविकी संकायबाट मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर तह उत्तिर्ण हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै बैंकले आन्तरिक परीक्षाबाट हुने बढुवाका लागि पनि दरखास्त फारम आह्वान गरेको छ ।

आवेदन फाराम अनलाइनबाट मात्र भर्न सकिनेछ । आवेदकले अनलाइन मार्फत दरखास्त फाराम भर्दा शुरुमा बैंकको https://vacancy.adbl.gov.np मा आफ्नो विवरण भरी रजिस्ट्रेसन गर्नु पर्नेछ । रजिष्ट्रेशन पश्चात युजर आईडी/पासवर्ड को प्रयोग गरी लगइन गरेर बैंकले तोके अनुसार अनलाइन दरखास्त फाराम भर्नु पर्नेछ ।

फाराममा तोकिएका सम्पूर्ण विवरणहरू भरी मो साथ उम्मेदवारको हालसालै खिचेको पासपोर्ट साइजको फोटो, दस्तखतको नमूना, नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मूलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, कामको अनुभव तथा तालीम आवश्यक हुने पदका लागि सोको प्रमाणपत्र र समावेशी समूहतर्फको आवेदक भएमा सोका लागि तोकिएको आवश्यक कागजातहरू अनिवार्य रुपमा सक्यान गरी अपलोड गर्नु पर्नेछ ।

Leave Your Comment

Related News