CLI

सुन र चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । रेकर्ड विन्दुमा पुगेको सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार प्रति तोला १ लाख ८० हजार ३०० रुपैयाँमा पुगेको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन हालसम्मकै अधिकतम महँगोमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News