काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षको कार्यकालमा पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुअल र कार्यविधि लगायत ११६ वटा ब्यवस्था ल्याएको जानकारी गराएका छ ।
५ वर्षे कार्यकालको पूर्वाधमा शुक्रबार पत्ररका सम्मेलन गर्दै उनले यस्तो जानकारी गराए । उनले विगत ५ वर्षको अवधिमा ४१ कार्यविधि, १८ मार्गदर्शन, १६ नियमावली÷विनियमावली, ११ निर्देशिका, ११ नीति, ९ फ्रेमवर्क, ७ म्यानुअल र ३ अन्य जारी गरेको बताए ।
यी सबै व्यवस्था हाल कार्यान्वयनमा रहेको अधिकारीले बताए ।


