काठमाडौं । हुन्डाई अटोमोवाइल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “यो नयाँ वर्ष, चुज योर फ्युचर हन्डाइै सँग” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना चैत्र २१, २०८१ देखि नेपाल भरि सुरु भएको छ । आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ ।
“यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाइै सँग” अन्तर्गत ग्राहकहरुले हुन्डाई गाडीको खरीदमा आकर्षक रु ६ लाख सम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएका ‘चुज योर फ्युचर’ को थिमसहित, क्रेटा ईभी र क्रेटा आईस (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने छ । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकहरुका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै आईएस हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको हाई भोल्टेज ब्याट्री मा ८ वर्ष र गाडी को अरु कम्पोनेन्टमा २ वर्षका वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।