इक्विटी नेपाल – काठमाडौँ :
नेपाल वायु सेवा निगमले पहिलो पल्ट खरिद गरेको वाइड बडी जहाज आज बिहान आठ बजे काठमाडौंमा अवतरण गरेको छ ।एअर बस कम्पनीले फ्रान्समा उत्पादन गरेको ‘ए ३३०–२००’ सिरिजको उक्त विमान फ्रान्सको टुलुस शहरबाट सीधा ‘फेरी फ्लाइट’ भरेर काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
‘अन्नपूर्ण’ नामकरण गरिएको यस यस जहाजमा २७४ सिट छन् । जसमा २५६ इकनोमी क्लास हुनेछन् जहाजमा १८ बिजनेस क्लाससमेत रहने जनाईएको छ।
नयाँ बिमानसंगै निगमको नयाँ युगको सुरुवात
निगमले अहिले आइपुगे जहाज सहित अर्को एउटा वाइड बडीविमान अमेरिकाको एएआर कम्पनीसँग करिब २१ अर्ब ९० करोड रूपैयाँ किनेको हो । निगमको अर्को जहाज डेढ महिनापछि आउने जनाइएको छ।
निगमले यसअघि पनि एयरबसकै २ वटा न्यारोबडी जहाज खरिद गरिसकेको छ । जहाज खरिदका लागि निगमले सरकारको जमानीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतसँग ऋण लिएको छ ।
नयाँ जहाजसँगै निगम अब नयाँ युगमा प्रवेश गरेको छ । संसारका जुनसकै लामो छोटो दुरीका गन्तव्यमा अब निगमका जहाज पुग्न सक्नेछन् भएकाछन्। नयाँ विमान आएपछि फेरि निगमले आफ्नो बिजनेश थप बढ्ने अपेक्षा राखेको जनाएको छ।
प्रकशित मिति: २०७५ असार १४ गते