राष्ट्रिय  बजेट भन्दा बढी नेपाल राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब 

काठमाडौं ।नेपाल राष्ट्र बैंकको आम्दानी बढ्दा कुल सम्पत्ति समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल सम्पत्ति २० खर्ब ६७ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कुल सम्पत्ति ३०.१६ प्रतिशतको वृद्धिदर हो । राष्ट्र बैंकको २०८० असारसम्म कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब रहेको थियो । यो सँगै राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको बजेट भन्दा बढी रहेको छ । चालु आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोडको रहेको थियो ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार राष्ट्र बैंकको कुल सम्पत्तिमा ४७.६४ प्रतिशतको समेत वृद्धिदर देखिदाँ कुल सम्पत्ति बढी हुन पुगेको हो । २०७७ असारसम्म १४ खर्ब कुल सम्पत्ति रहेको राष्ट्र बैंकको हाल आएर उक्त मात्रामा कुल सम्पत्ति पुगेको हो । राष्ट्र बैंकको पछिल्लो पाँच वर्षमा एक वर्षमा वृद्धिदर हुन सकेन भने बाँकी चार वर्षमा धनात्मक वृद्धिदर रहेको अधिकारीहरुको भनाई रहेको छ । २०७८ असारसम्म १५ खर्ब ३८ अर्ब कुल सम्पत्ति रहेको राष्ट्र बैंकले त्यसपछिको वर्षमा भने कुल सम्पत्तिमा वृद्धि गर्न सकेन , जसले गर्दा २०७९ असारसम्म कुल सम्पत्ति १५ खर्ब २७ अर्बमा सीमित हुन पुग्यो । उक्त वर्ष अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको कुल सम्पत्ति ११ खर्बले घट्यो । त्यसपछिको समयमा भने कुल सम्पत्ति क्रमशः वृद्धिदर रहेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार बाह्य क्षेत्र सुदृढ हुँदै गएकोले बैंकको विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय वैदेशिक मुद्रमा रहेको सम्पत्तिमा वृद्धि हुँदा नेपाली मुद्राका सम्पत्तिमा भने कमी आएको उनीहरुको भनाई छ । २०८० असारसम्म बैंको विदेशी सम्पत्ति १४ खर्ब ४३ अर्ब रहेकोमा २०८१ असारसम्म आइपुग्दा ५ खर्ब २२ अर्बले वृद्धि हुन पुगेको छ । सो सँगै २०८१ असारसम्म आइपुग्दा राष्ट्र बैंकको सम्पत्ति १९ खर्ब ६५ अर्ब पुगेको छ ।

राष्ट्र बैंकको विदेशी नेपाली मुद्रामा रहेको सम्पत्ति वृद्धि हुनुको सट्टा घटेको पाईन्छ । २०७७ असारसम्म राष्ट्र बैंकको नेपाली मुद्रामा रहेको सम्पत्ति ६ खर्ब ९६ अर्ब रहेकोमा हाल अर्थात् २०८१ असारसम्म भने १ खर्ब १ अर्बमा झरेको छ । यो सँगै राष्ट्र बैंकले नेपाली मुद्रामा रहेको सम्पत्तिमा सुधार गर्न आवश्यक देखिन्छ , यसको लागि लगानी बढाउने दबाब राष्ट्र बैंकमाथि रहेको अधिकारीहरुको भनाई रहेको छ । मुलुकको अर्थतन्त्र चलयामान हुन नसक्दा राष्ट्र बैंकको नेपाली मुद्रामा रहको सम्पत्ति बढ्न नसकेको हो । सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा खेरि बैंक तथा वित्तीय संस्थाले लगानी वृद्धि गर्न सकेका छैनन् भने निजी क्षेत्र खुम्चिएर वस्नु पर्ने वाध्यता रहेको छ । पछिल्लो सयम पाथीभर केबलकार निर्माणको लागि पहल थाल्दा आन्दोलन हुन पुगेको थियो जसले गर्दा निजी क्षेत्रका लागि लगानी गर्ने वातावरण नभएको छाप परेको छ यस्ता समस्याहरुलाई सरकारले निरकारण गर्दै लैजानु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

राष्ट्र बैंकको कुल सम्पत्तिमा वृद्धि भएसँगै कुल दायित्व समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल दायित्व १५ खर्ब १८ अर्ब पुगेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४ खर्बले बढी हो । २०८० असारसम्म राष्ट्र बैंकको कुल दायित्व ११ खर्ब १८ अर्ब रहेको थियो । राष्ट्र बैंकको २०८१ असारसम्म रिजर्भ कोषमा ५ खर्ब ४३ अर्ब रकम रहेका छ । रिजर्भको कोषको वृद्धिदर भने धनात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार