वाणिज्य बैंकहरुको नाफा ३ प्रतिशतले बढ्यो  

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ (साउन देखि फागुन) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.८१ प्रतिशत अर्थात् १ अर्ब १८ करोड ९५  लाखले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख नाफा कमाएको थियो ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा नेपाल बैंकले कमाउँदा सबैभन्दा कम सानिमा बैंकको रहेको छ । नेपाल बैंक पछि नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, प्रभु र ग्लोबल आइएमई बैंक रहेको छ ।

चालु आवको आठ महिनामा नेपाल बैंकले २ अर्ब ९८ कराड, नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड, एनएमबीले २ अर्ब ७१ करोड, प्रभुले २ अर्ब ११ करोड, ग्लोबल आइएमईले ४ अर्ब ७२ करोड, एभरेष्टले ३ अर्ब, नेपाल एसबिआईले १ अर्ब २४ करोड नाफा कमाएको छ ।

त्यस्तै चालु आवको आठ महिनामा लक्ष्मी सनराईजले १ अर्ब ९९ करोड, स्टान्र्डड चार्टरले २ अर्ब १७ करोड, नबिलले ४ अर्ब ७८ करोडर सानिमाले १ अर्ब ६८ करोड नाफा कमाएको छ । समिक्षा अवधिमा सिटिजन्स, प्राईम, हिमालयन , सिद्धार्थ, कुमारी, राष्ट्रिय वाणिज्य बैंक भने घाटामा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार