काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) घोषणा गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा गरिएको हो । यो सँगै अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेको हो ।
नाइमाको अध्यक्षमा ऋतुसिंह वैद्य रहेकी छिन् भने बोर्ड पदाधिकारीहरुहमा सुहृद राज घिमिरे , शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा , सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन् । नाइमामा टोयोटाको आधिकारिक विक्रेता युनाइटेड सिन्डिकेटसहित, बजाज, किया, हुन्डाई, महिन्द्रा, बीवाईडी, होन्डा लगायत कम्पनीका सवारीको आधिकारिक विक्रेता वा उत्पादक सदस्य छन् ।
कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तिकरणको वकालत गर्ने बताइन् । नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नेछ,झ अध्यक्ष वैद्यले भनिन्, ‘हामी सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काममा लागि पर्ने छौं । ’
उनले नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने बताईन् ।

