काठमाडौं । मुलुकको आयात र निर्यात दुवै उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा आायात र निर्यात दुवै बढेको देखिएको हो ।
चालु आवको चैत मसान्तसम्म मुलुकमा १३ खर्ब ९ खर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा नेपालमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । समीक्षा अवधिमा मुलुकको आयात १२.१८ प्रतिशतले बढेको छ ।
आयातसँगै नेपालको निर्यात पनि बढेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । चालु आवको नौ महिनामा नेपालले १ खर्ब ८८ अर्ब करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत आवमाको सोही अवधिमा नेपालको १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रुपैयाँको थियो । समीक्षा अवधिमा नेपालको निर्यात ६.४५ प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिमा नेपालको आयात/निर्यात अनुपात उल्लेखनीय रुपमा सुधार भएको छ । चालु आवको नौ महिनामा नेपालले एक रुपैयाँ निर्यात गर्दा ६.९६ रुपैयाँ आयात गरेको छ । गत आवको सोही अवधिमा नेपालको आायत/निर्यात अनुपात १०.२४ थियो । नेपालको आयात/निर्यात अनुपात ३२.०८ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा नेपालको कुल व्यापारमा निर्यातको हिस्सा बढेको छ । चैत मसान्तसम्म नेपालको कुल व्यापारमा निर्यातको हिस्सा १२.८७ प्रतिशत छ । गत आवको सोही अवधिमा यस्तो हिस्सा ८.८९ प्रतिशत थियो ।

