काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ सम्म थप गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि साढे दुई अर्ब रुपैयाँ बराबरको ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ऋणपत्र २०८८’ को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
उक्त ऋणपत्र खरिदका लागि छिटोमा वैशाख १० गतेसम्म आवेदनका लागि समय दिइएकोमा उक्त समयभित्र आवेदन नपरेपछि वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेगरी समय थप गरिएको हो ।
कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेगरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।
प्रति ऋणपत्र अंकित मूल्य रु. एक हजार दरको २५ लाख कित्ताले हुन आउने रकम रु. २ अर्ब ५० करोड बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १५,००,००० कित्ताले हुन आउने रकम रु. १ अर्ब ५० करोड ऋणपुँजी व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

