CLI

यात्रुबाहक बसमा भेटियो ६ किलो चाँदी

काठमाडौं । बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना भेटिएको छ। मंगलबार प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीको टोलीले बाराकझ जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा वीरगञ्जबाट दाङ तुलसीपुर जाँदै गरेको बस जाँच गर्दा ६ किलो चाँदीका गहना फेला परेको हो।

बा प्र ३२५६ नम्बरको यात्रुबाहक बसको सिटमुनि टेपले बेरेर राखेको कार्टुनमा चाँदी भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १० लाख ८० हजार मुल्य बराबरको गहना फेला परेको र थप अनुसन्धान भइरहेको छ।

Leave Your Comment

Related News