एमसीसी परियोजना बन्द गर्दै अमेरिका, नेपालमा सञ्चालित परियोजना अब के हुन्छ?

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  परियोजन बन्द हुने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।

विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु एमसीसी परियोजना डजले संघीय खर्च कटौती गर्ने प्रयास अन्तर्गत प्रभावकारी रूपमा बन्द गरिन लागेको विभिन्न स्रोतहरुको हवाला दिँदै सीएनएनले लेखेको छ ।

मंगलबार परियोजनासँग आवद्ध सबै अमेरिकी कर्मचारीहरुलाई इमेलमार्फत् ‘निकट भविष्यमै कर्मचारी र कार्यक्रमहरूमा ठूलो कटौती हुनेछ’ भनिएको छ । कर्मचारीहरूलाई मे ५ देखि प्रशासनिक बिदामा राखिन सकिने दाबी सीएनएनको छ ।

एमसीसी योजना अन्तर्गत कार्यकारी सीईओलाई कानुनी रुपमा राखेर परियोजनामा कार्यरत सबै कर्मचारीहरूलाई हटाउन लागिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र डजद्वारा अमेरिकी विदेशी सहायता रोक्न लागिएको यो पहिलो निर्णय भने होइन । यसअघि अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (युएसएड), अमेरिकी शान्ति संस्था (यूएसआईपी) र अफ्रिकन डेभलपमेन्ट फाउन्डेसनजस्ता संस्थाहरूलाई बन्द गर्ने निर्णय भैसकेको छ । ती निर्णयविरुद्ध अदालतमा मुद्दा पनि परेको छ ।

डजको यस निर्णयसँगै नेपालमा समेत सञ्चालित एमसीसी परियोजना स्थगनमा पर्नेछ । सन् २०१७ मा नेपाल सरकारले ५० करोड अमेरिकी डलरको अनुदान सहायताका लागि एमसीसीसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार