CLI

काठमाडौंमा पर्यो असिना पानी

काठमाडौं । आइतबार काठमाडौंमा असिना पानी परेको छ । दिउँसो २ बजेतिर काठमाडौंमा असिना पानी परेको हो । हल्का वर्षा सँगै काठमाडौंका विभिन्न स्थानमा असिना पानी परेको हो ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र हिमपातको समेत सम्भावना रहेको बताएको थियो ।

महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

आज राती
कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश ,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

Leave Your Comment

Related News