काठमाडौं । त्रिवेणी राइस इन्डस्ट्री प्रालिले ‘अमृत भोग बासमती चामल’को ग्रान्ड डिलर कार्यक्रममा भव्य रूपमा शुभारम्भ गरेको छ ।
अमृत भोग जिरा मसिनो चामल, अमृत भोग सोना मन्सुली चामल, नित्या जिरा मसिनो चामल, नित्या सोना मन्सुली चामल, र अमृत भोग सोनाम चामलजस्ता अत्यन्त सफल उत्पादनहरू पछि, त्रिवेणी समूह अन्तर्गतको त्रिवेणी राइस इन्डस्ट्री प्रा.लि. ले आफ्नो नयाँ प्रिमियम उत्पादन अमृत भोग बासमती चामल (२० केजी) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको हो।
शुक्रबार, काठमाडौंस्थित होटल अलफ्ट मा आयोजित कार्यक्रममा ३५० भन्दा बढी डिलरहरूको उपस्थिति थियो । अध्यक्ष बीरेन्द्र कुमार संघइ र निर्देशक साकेत संघइले संयुक्त रूपमा चामल सार्वजनिक गरेका थिए ।
कार्यक्रममा निर्देशक मोहित खण्डेलवाल ले थोक खरिदकर्ताहरूका लागि आकर्षक योजना समेत घोषणा गरेका थिए ।
यी हुन् आकर्षक घोषणा
— १५० बोरा खरिद गर्दाः ५० लिटर एयर कूलर, माइक्रोवेभ ओभन, ३२ इन्च स्मार्ट टिभी, वा भ्याकुम क्लिनर (कुनै एक) प्राप्त हुनेछ।
— ३०० बोरा खरिद गर्दाः १९२ लिटरको फ्रिज वा भीभो भि४० लाइट मोबाइल ।
— ४५० बोरा खरिद गदाः ८ केजी वाशिङ मेसिन।
— ७५० बोरा खरिद गर्दाः १ टनको ए.सी ।
— १०५० बोरा खरिद गर्दा: डबल डोर फ्रिज वा ६५ इन्च स्मार्ट टिभी।
— २१०० बोरा खरिद गर्दा: रोयल इनफिल्ड हन्टर ३५० बाइक।
— ३१५० बोरा खरिद गर्दा: रोयल इनफिल्ड क्लासिक ३५० बाइक।

