मधेश जनस्वास्थ्य प्रयोगशालामा उपकरण खरिदमा ५२ करोड भ्रष्टाचार

काठमाडौं । मधेस प्रदेश, धनुषा जिल्ला प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट आव २०७८/०७९ मा उपकरण खरिदमा ५२ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको स्वास्थ्यसँग सम्बन्धित निकायले विभिन्न शीर्षकमा करिब ५२ करोड भन्दा बढी भ्रष्टाचार गरेको बिगो दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको हो ।

आयोगले विभिन्न अधिकारीविरुद्ध ६ करोड पाँच पाँच सय, २१ करोड ८९ लाख ७६० र पाँच करोड एक लाख ९० हजार बिगो दाबी गरिएको छ । यसैगरी, अर्को मुद्दामा १९ करोड ४६ लाख १३ हजार १२० पनि पनि दायर गरिएको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रालिका सञ्चालक अनिल शाह समेत ८ जना र सेभेन हिल्स प्रालि उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

आयोगले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साहविरुद्ध जनही ६ करोड पाँच लाख ११ हजार बिगो माग दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ ।

यसैगरी, आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा श्रवण कुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

यस्तै, मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार